• उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप्ने निर्णय, किराना पसल पनि खोल्न नपाइने

  • {!! get_the_title() }}

    काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थप्ने निर्णय भएको छ । उपत्यकामा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बसेको मंगलबार बैठकले थप एक साता निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निषेधाज्ञाको अवधि थप्दै एक साता कडाइका साथ लागू गर्ने पनि निर्णय भएको छ ।

    यसअघि बिहान खोलिँदै आएका खाद्यान्न पसल तथा तरकारी पसल समेत एक साता पूर्ण ठप्प गर्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । यसअघि थपिएको निषेधाज्ञाको अवधि शुक्रबार सकिँदैछ । बैठकले आगामी दुई दिन सबैलाई खाद्यान्नको जोहो गरिसक्न पनि निर्देशन दिएको छ ।

  • आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।