अध्यादेशमार्फत् शनिबार बालुवाटारबाटै बजेट घोषणा हुने

{!! get_the_title() }}

आर्थिक प्रेस, काठमाडौ । सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट अध्यादेशमार्फत शनिबार घोषणा गर्ने भएको छ । त्यसअघि शुक्रबार आर्थिक सर्वेक्षण सार्वजनिक हुने भएको छ ।अर्थ मन्त्रालय स्रोतका अनुसरा शुक्रबार २ बजे मन्त्रालयमै जुम मिटिङमार्फत आर्थिक सर्वेक्षण सार्वजनिक गर्न लागिएको हो । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक सर्वेक्षण सार्वजनिक गरेको भोलिपल्ट शनिबार (जेठ १५ गते) नै बजेट घोषणा गर्ने तय भएको छ ।

उनले प्रधानमन्त्रीको निवास बालुवाटारबाटै बजेट सार्वजनिक गर्ने बताइएको छ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिद्वारा संसद विघटन गरिएपछि बजेट अध्यादेशमार्फत ल्याउन लागिएको हो । संसद विघटन गरिएकै कारण सरकारको नीति तथा कार्यक्रम पनि प्रभावित भएको छ 

आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।