रसुवागढी हाइड्रोपावरको आम्दानी वार्षिक ३ अर्ब २५ करोड हुने, लगानीकर्ता मालामाल !

{!! get_the_title() }}

काठमाडौं ।

कुनै समयको ब्लूचिप कम्पनी चिलिमेको सहायक कम्पनी रसुवागढी हाइड्रोपावरले रसुवामा निर्माण गरिरहेको १११ मेगावाट क्षमताको आयोजना तीव्र गतिमा अगाडि बढेको छ । कम्पनीको कूल ६ करोड १५ लाख ७८ हजार ९०० कित्ता सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत छ । यस्तै, कम्पनीको सेयरको कूल बजार पूँजीकरण समेत बढेर करीब ३२ अर्ब पुगेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य भने २०७९ वैशाखमा आयोजना पूर्णरुपमा सम्पन्न भई बिजुली उत्पादन शुरु हुने कार्यतालिका तयार भएको बताएका छन् । विद्युत् प्रतियुनिट पुस, माघ, फागुन र चैतमा आठ रुपैयाँ ४० पैसा तथा अन्य महिनामा चार रुपैयाँ ८० पैसाको दरले बिक्री हुने भएकाले वार्षिक रु तीन अर्ब २५ करोड आम्दानी गर्ने लक्ष्य राखिएको आयोजनाले जनाएको छ ।

वार्षिक रुपमा ६१ करोड ४० लाख युनिट अर्थात् १११ मेगावाट विद्युत् उत्पादन हुने र उक्त आयोजनाको लागत रु १३ अर्ब ६४ करोड ४० लाख रहेको आयोजनाले जनाएको छ । हेडरेस सुरुङको सहायाताले विद्युत्गृहमा ८० घनमिटर पानी पु-याई त्यहाँ जडान हुने तीनवटा टरवाइनमध्ये प्रत्येक टरवाइनमा प्रतिसेकेन्ड २६ दशमलब ६७ घनमिटर पानी पठाइने साइट इन्चार्ज इन्जिनियर गौतम खडकाले जानकारी दिनुभयो ।

सन् २०१४ देखि निर्माण शुरु भएको रसुवागढी विगतमा भएको पेट्रोलियम पदार्थको अभाव, भूकम्प, टिमुरे–स्याफ्रुखण्डको लिङलिङ सडकमा पहिरोका कारण निर्माणको अवधि दुई वर्ष लम्बिन गएको र अबको काम भने निर्धारित समयमै सम्पन्न गर्ने दृढ अठोट लिई उत्साहित तवरले सबै प्राविधिक अगाडि बढिरहेको आयोजना प्रमुख गैरेले बताउनुभयो ।

आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।