काठमाडौं।
नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेसाकर्मी सरल कर्जासम्बन्धी सम्झौता भएको छ । प्रहरी प्रधान कार्यालय मानवस्रोत एवम् प्रशासन विभागका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक निरजबहादुर शाही र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले उक्त समझदारी–पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
२०७३ असार १६ गतेको समझदारीलाई निरन्तरता दिई नेपाल प्रहरीको तलबी बचत खाता आगामी ५ वर्षका लागि थप सेवासहित नवीकरण गर्ने तथा बिना धितो पेशाकर्मी सरल कर्जा उपलब्ध गराउने गरी उक्त समझदारी–पत्रमा हस्ताक्षर भएको हो ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले कोभिड–१९ को विषम परिस्थितिमा प्रहरी कर्मचारीको स्वास्थ्य हितका लागि १० हजार थान सर्जिकल मास्क र स्यानिटाइजर प्रहरी अतिरीक्त महानिरीक्षक शाहीलाई हस्तान्तरण गर्नुभएको थियो ।
तपाईंको टिप्पणी