• तामाकोसीको वार्षिक आम्दानी कति ?, यस्ताे छ लाभांशकाे हिसाब

  • {!! get_the_title() }}

    आर्थिक प्रेस, काठमाडौं ।

    नेपालमा जलविद्युतलाई ‘सेतो हीरा’ पनि भनिन्छ। सञ्चालनमा आएको १५ वर्षसम्म सरकारलाई तिर्नुपर्ने करमा सहुलियत पाउने र नाफा उच्च हुने हुँदा पनि लगानीकर्ता अहिले जलविद्युत्मा आकर्षित छन्। त्यसको अलवा जलविद्युत कम्पनीको प्रतिफल पहिले नै निश्चित तथा नियमित हुने हुँदा पनि लगानीकर्ताको रोजाइमा यो सेक्टर पर्ने गरेको छ।

    कम्पनीबाट वार्षिक ९ अर्ब २५ करोड रुपैयाँ आम्दानी हुनेछ भने सबप्रजेक्टअन्तर्गत रोल्वालिङ खोलामा बन्ने सबप्रजेक्टबाट जोड्दा त १२ अर्ब वार्षिक आम्दानी गर्ने कम्पनीले जनाएको छ।  कम्पनीको  ५१ प्रतिशत विभिन्न सरकारी संस्थानहरुको लागानी देखिन्छ।

    जसमा नेपाल विद्युत् प्राधिकरणको ४१ प्रतिशत, नेपाल दूरसञ्चारको ६ प्रतिशत, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको २/२ प्रतिशत दरले लगानी छ। बाँकी ४९ प्रतिशतमा सर्वसाधारणको १५ प्रतिशत, स्थानीयको १० प्रतिशत र २४ प्रतिशत कर्मचारी सञ्चय कोष र प्रोजेक्टमा योग्दान गर्ने कर्मचारीलाई छुट्टाएर लगानी व्यवस्थापन गरिएको छ।

    अब भने आयोजना कम्पनीलाई मात्रै नभई सेयर लगानीकर्तामा समेत विश्वास बढेको छ। उत्पादन सुरू भएपछि कम्पनीले ऋण तिर्दै जानेछ। आयोजनाबाट वार्षिक २ अर्ब २८ करोड युनिट बिजुली उत्पादन हुनेछ । एक वर्षपछि नै सेयर लगानीकर्तालाई केही न केही लाभांश समेत दिने योजना रहेको प्रवक्ता न्न्यौपानेले बताए। पहिलो वर्ष नाफाबाट करिब ८० प्रतिशतजति साँवा, ब्याज तिरेर बाँकी २० प्रतिशत रकमबाट केही सञ्चालन खर्च हुने र केही लगानीकर्तालाई लाभांश पनि दिन  सकिन्छ’ न्यौपानेले भने।

    तामकोसी जलविद्युत आयोजनाको पहिलो युनिट एक साताभित्र राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । आयोजनाको परीक्षण सफल भएपछि पहिलो युनिटको ७६ मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा जोड्ने तयारी भइरहेको हो ।पहिलो युनिट प्रसारण प्रणालीमा जोडिएपछि असारभित्रै दोस्रो युनिट र भदौ महीनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादन सञ्चालनमा आउने  न्यौपानेले जानकारी दिए ।

  • आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।