• मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ आउँदै

  • {!! get_the_title() }}

    काठमाडौं ।

    मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले प्रभु क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सोमबार भएको सम्झौतामा मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सेयर निष्काशन तथा बिक्रीका लागि दुई कम्पनीबीच सम्झौता भएको हो ।

    मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष हिमाल गुरुङ्ग र प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरे । कम्पनीले प्रारम्भिक सेयर निष्काशनका लागि कुल जारी पूँजी ७६ लाख रुपैयाँको ३० प्रतिशत अर्थात २२ लाख ८० हजार रुपैयाँ कित्ता प्रारम्भिक सेयर निष्काशन गर्ने भएको छ ।

    यसमध्ये आयोजना प्रभावित स्थानीयका लागि ७ लाख ६० हजार कित्ता र सर्वसाधारणका लागि १५ लाख २० २० हजार कित्ता सेयर निष्काशन गर्नेछ । सो कम्पनीले निर्माण गरीरहेको आयोजनामा डोल्मा इम्प्याक्ट फण्डको समेत लगानी रहेको छ ।

     

  • आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।