• भूमि आयोग खारेजविरुद्ध सर्वोच्चमा रिट दायर

  • {!! get_the_title() }}

    आर्थिक प्रेस, काठमाडौं ।

    सरकारले भूमि आयोग खारेज गरेको विरोधमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । भूमि आयोग खारेजीको विरोधमा अधिवक्ता प्रवेश केसीले आज शुक्रवार दिउँसो सर्वोच्चमा रिट दर्ता गराउनुभएको हो ।

    सरकारले संवैधानिक एवम् कानुनी दायित्व बोकेका आयोगलाई कर्तव्य सम्पन्न नहुँदै हचुवाको भरमा खारेज गर्न नमिल्ने रिट निवेदनमा उल्लेख छ । यस्तै सरकारको निर्णयले भूमिसम्बन्धी मौलिक हकको उल्लङ्घन भएको भन्दै निर्णय बदर गर्न माग गरिएको छ ।

    यो रिटको पेसी साउन २५ गते सोमवारका लागि तोकिएको सर्वोच्चले जनाएको छ । गएको साउन १९ गते मङ्गलवार मन्त्रिपरिषद् बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेको थियो ।

  • आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।