आर्थिक प्रेस, दोलखा ।
माथिल्लो तामाकोशीको २२० केभी गोंगर–खिम्ती प्रसारण लाइनमा आगलागी भएको छ । गत बिहीबार मध्यान्ह १२ बजे उक्त प्रसारण लाइनको तारमा एक्कासी आगलागी भएको हो । बैतेश्वर गाउँपालिका वडा नम्बर ६ स्थित प्रसारण लाइनको २ वटा टावरको बीचमा तारको लठ्ठामा आगलागी भएको बताइएको छ ।
यद्यपि घटनास्थलबाट मानव बस्ती टाढा रहेकाले ठूलो क्षति नभएको आयोजनाले जनाएको छ । तारमा एक्कासी आगलागि भएको देखेपछि स्थानीयहरुले आयोजनालाई जानकारी दिएका थिए । आयोजनाको टोली, स्थानीय र प्रहरीको सक्रियतामा प्रसारण लाइनमा लागेको आगलागी नियन्त्रणमा आएको थियो ।
माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ४ वटा युनिटबाट ३०४ मेगावाट विद्युत उत्पादन भई प्रसारण प्रणालीमा जोडिइसकेको छ । अब २ वटा युनिटको उत्पादन सुरु हुन बाँकी छ । अहिले परीक्षण चलिरहेकाले भदौभित्र बाँकी युनिट पनि प्रणालीमा जोड्ने तयारी भइरहेको छ ।
आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।
तपाईंको टिप्पणी