• विद्युत प्राधिकरणले माग्यो झन्डै साढे ३ सय नयाँ कर्मचारी

  • {!! get_the_title() }}

    आर्थिक प्रेस, काठमाडौं ।

    नेपाल विद्युत प्राधिकरणले खुला प्रतियोगिताबाट स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।लोकसेवा आयोगबाट हुने परीक्षाका लागि प्राधिकरणले सहनिर्देशक, मिटर रिडरदेखि जुनियर मिस्त्रीका लागि ३२० सिटका निम्ति दरखास्त आह्वान गरेको हो ।

    अधिकृतस्तरमा ५२ सिट छ, सहनिर्देशक, प्रबन्धक, उपप्रबन्धक, सहायक निर्देशक, चार्टर्ड एकाउन्टेन्ट, इन्जिनियर, वातावरणविद् माग गरिएको छ । यसैगरी, सहायकस्तर मिटर रिडिङ सुपरभाइजरका लागि १८, लेखापालका लागि २६, सुपरभाइजरका लागि २९, सिनियर मिटररिडरका लागि १७, सहायक लेखापालका लागि ३१, फोरमेनका लागि ६८, इलेक्ट्रिसयनका लागि ७६ र जुनियर मिस्त्रीका लागि तीन सिटमा दरखास्त आह्वान भएको हो ।

    प्राधिकरणले आन्तरिकतर्फ पनि भर्ना खोलेको छ । आन्तरिकतर्फ प्रबन्धकदेखि जुनियर मिस्त्रीसम्मका लागि १२४ सिट सुरक्षित गरिएको छ । प्राधिकरणले बढुवाको जाम पनि खोलेको छ । जेष्ठता कार्यसम्पादन मूल्यांकनका आधारमा २८५ र कार्यक्षमता मूल्यांकन ४७७ जनालाई बढुवा हुन सिट छुट्याइएको छ ।

     

  • आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।