नेपाली सेनामा खुल्यो चार हजार जनालाई जागिर

{!! get_the_title() }}

आर्थिक प्रेस, काठमाडौं ।

नेपाली सेनामा भर्ना खुलेको छ । सेनाले शुक्रबार एक सूचना जारी गर्दै चार हजार सैन्य पदका लागि दरखास्त आह्वान गरेको हो । सबैभन्दा बढी खुलातर्फ २ हजार ९६ सिट संख्या छ । यसैगरी, कर्तव्यपालनको सिलसिलामा अशक्तरमृत्यु भएका नेपाली सेनाका सन्ततिका लागि १०८, महिलाका लागि ३६०, आदिवासी जनजातिका ५७३, मधेसीका लागि ५०५, दलितका लागि २७३ र पिछडिएका क्षेत्रका लागि ८५ सिट छुट्याइएको छ ।

योग्यता पुगेका उम्मेदवारले १६ असोजसम्म दरखास्त पेश गर्न सक्नेछन् भने २४ असोजसम्म दोब्बर दस्तुर बुझाएर पनि दस्खास्त दिन सकिनेछ । दरखास्त जंगी अड्डाको हकमा नारायणहिटीस्थित नेपाल क्याभलरी र उत्तरतर्फको खेल मैदान तथा अन्य भर्नाकेन्द्रमा सम्बन्धित केन्द्रमै दरखास्त दिन सकिने सूचनामा उल्लेख छ ।

सैन्य पदका लागि दरखास्त दिन कम्तिमा कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्नेछ । पुरुषको हकमा उचाईँ न्यूनतम पाँच फिट तीन इन्च र महिलाको हकमा पाँच फिट हुनुपर्नेछ । पुरुषको हकमा तौल ५० किलो र महिलाको हकमा ४० किलो कायम गरिएको छ । यसैगरी, पुरुषको हकमा छाती नफुलाउँदा न्यूनतम ३२ इन्च र फुलाउँदा ३४ इन्च हुनुपर्नेछ ।

आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।