• रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा खनाल नियुक्त

  • {!! get_the_title() }}

    आर्थिक प्रेस, काठमाडौं ।

    रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा अर्जुन भद्र खनाल नियुक्त भएका छन् । भदौ २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले खनाललाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

    उनी संस्थापक सिद्धार्थ बैंकको तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् । यसअघि सुन्दरप्रसाद कडेलले उक्त पदको प्रतिनिधित्व गर्दै आएका थिए । यससँगै नवनियुक्त सञ्चालक खनालले भदौ २१ गतेदेखि आफ्नो पदको जिम्मेवारी सम्हाल्ने छन् ।

  • आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।