• नौ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कालोसूचीमा

  • {!! get_the_title() }}

    आर्थिक प्रेस, काठमाडौं ।

    सरकारले नौ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । निर्माण तथा आपूर्तिको काम तोकिएको अवधिमा पूरा नगर्ने ती नौ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई एकदेखि दुई वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले बुधबार जानकारी दिएको छ ।

    इनरुवाको नुरानी कन्स्ट्रक्सन दुई वर्षका लागि कालोसूचीमा परेको छ । जलस्रोत तथा सिंचाइ विभागको सिफारिसमा उक्त निर्माण कम्पनी कालोसूचीमा परेको सार्वजनिक खरिद अनुगमन कार्यालयले उल्लेख गरेको छ । बाँकी आठ वटा फर्म एक वर्षका लागि कालोसूचीमा परेका छन् ।

    जनकपुरधामस्थित लर्ड शिवा जनरल सप्लायर्स, नुवाकोटको जिके/रेहान एण्ड सुन्दरा जेभी, काठमाडौंको नेपाल आर्किटेड एन्ड बिल्डर्स प्रालि, झापाको फ्रेन्डस अर्विट कन्स्ट्रक्सन, नुवाकोटको जलदेवी निर्माण सेवा, सोलुखुम्बुको भंगेरी निर्माण सेवा, दैलखको न्यू बेलासपुर कन्स्ट्रक्सन र ललितपुरको साथीभाई निर्माण सेवा एक वर्षका लागि कालोसूचीमा परेका हुन् ।

     

  • आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।