• धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई बर्खास्त गर्ने सरकारको निर्णय

  • {!! get_the_title() }}

    आर्थिक प्रेस, काठमाडौं ।

    आज बसेको मन्त्रिपरिषद् बैठकले सर्वोत्तम सिमेन्टको संस्थापक शेयर खरिद काण्डमा मुछिएका धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गर्ने निर्णय गरेको छ ।

    सर्वोत्तम सिमेन्ट खरिद प्रकारणमा निलम्बनमा परेका उनलाई असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोधेको थियो । सरकारले उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अर्थमन्त्रालयको सिफारिसमाढुंगानालाई मन्त्रिपरिषदले बर्खास्तीको निर्णय आज गरेको हो ।

    ढुंगाना ‘बुक बिल्डिङ’मार्फत सर्वसाधारणलाई साधारण सेयर बिक्री खुलाउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेयर खरिद प्रकरणमा मुछिएका थिए । बोर्डको अध्यक्षमा रहँदा उनले धितोपत्र बोर्डको आतारसंहिता विपरित उनकी छोरी रेबिका ढुंगानाको नाममा उक्त कम्पनीको शेयर खरिद गरेको तथ्य बाहिरिएको थियो ।

    उक्त शेयर खरिद प्रकरणमा जोडिएका नेपाल स्टक एक्स्चेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले यस अघि नै राजीनामा दिइसकेका छन् भने नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल पनि बोर्डको सञ्चालक समितिबाट राजीनामा दिइसकेका छन् ।

     

  • आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।