• सेयर बजार २१ अंकले घट्यो, साढे ४ अर्बको कारोबार

  • {!! get_the_title() }}

    आर्थिक प्रेस, काठमाडौं ।

    आइतबार सेयर बजार (नेप्से) परिसूचक घटेको छ । यस दिन परिसूचक २१ अंकले घटेर २६५९ अंकमा समेटिएको छ । कारोबारको सुरुमा परिसूचक बढेर २७१८ अंकमा पुगेको भए पनि पछि घटेको हो ।

    यस दिन २२० कम्पीको ४ अर्ब ४९ लाख रुपैयाँको सेयर कारोबार भएको छ।यस दिन फाइनान्स, जीवन बीमा र लगानी कोषबाहेक सबै समुहको परिसूचक घटेका छन् ।

    सपोर्ट माइक्रो फाइनान्स, मैलुङ खोलालगायतका कम्पनीको सेयर १० प्रशितले बढेका छन् । त्यस्तै, ५० प्रतिशत लाभांश घोषणा गरेको महिला लघुवित्तको सेयर पनि बढेको छ ।

  • आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।