• २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्दै राष्ट्र बैंक

  • {!! get_the_title() }}

    आर्थिक प्रेस, काठमाडौं ।

    नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको छ । बैंकहरुमा देखिएको तरलता अभावलाई टार्न आज बिहीबार केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो १४ दिनका लागि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुलाई जारी गर्ने भएको हो । उक्त रिपोको आजै बोलकबोल गर्नेछ ।

    रिपोमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो ३ बजेसम्म बिडिङ गर्नुपर्नेछ । उक्त रिपो २५ कात्तिकसम्म परिपक्व हुनेछ ।

    बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा खुला बजार कारोबार सञ्चालन समितिको निर्णयअनुसार अल्पकालीन अवधिको तरलता प्रवाह गर्न प्रयोग हुने प्रक्रिया ुरिपोु हो ।

    यस उपकरणको निष्काशनको दिन बोलकबोलमा सफल बोलकर्ताको अर्थात बैंक तथा वित्तीय संस्थाहरूको ने।रा।बैंकमा रहेको खातामा राष्ट्र बैंकले बाँडफाँटअनुसारको रकम जम्मा गरिदिने भएकोले तोकिएको समयावधिको लागि तरलता प्रवाह हुन जान्छ ।

  • आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।