गणपति लघुवित्तको २० प्रतिशत लाभांश घोषणा

{!! get_the_title() }}

आर्थिक प्रेस, काठमाडौं ।

गणपति लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि एक प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

उक्त प्रस्तावित बोनस सेयर तथा नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीले प्राप्त गर्न सक्नेछन् ।

गणपतिको हाल कायम चुक्ता पुँजी १२ करोड ७३ लाख ५६ हजार ७५० रुपैयाँ छ । १९ प्रतिशतका दरले दुई करोड ४१ लाख ९७ हजार ७८२ रुपैयाँ ५० पैसा बराबरको बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पुँजी १५ करोड १५ लाख ५४ हजार ५३२ रुपैयाँ ५० पैसा पुग्नेछ । अघिल्लो वर्ष गणपतिले १५ प्रतिशत बोनस सेयर कर तिर्न शून्य दशमलव ७९ प्रतिशत वितरण गरेको थियो ।

आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।