आर्थिक प्रेस, काठमाडौं ।
नेपाल आयल निगमले फेरि डिजेल पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ३ बढाएको छ । यससँगै पेट्रोलको भाउ उपत्यकामा प्रतिलिटर १३६ पुगेको छ भने मट्टीतेल र डिजेलको भाउ ११९ रुपैयाँ पुगेको छ ।
बढेको मूल्य आज मध्यरातदेखि लागि हुनेछ । यसअघि निगमले गत कात्तिक १२ गते पनि डिजेल, पेट्रोल र मट्टितेलको भाउ रु ३ नै बढाएको थियो ।
आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।
तपाईंको टिप्पणी