• बैतडी जिप दुर्घटना :  मृतकको सङ्ख्या ४ पुग्यो

  • {!! get_the_title() }}

    धनगढी । 

    बैतडीमा भएको जिप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । पाटन बजारबाट पाटन नगरपालिका ७ कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जिप वडा नम्बर–१ सकारमा दुर्घटना भएको हो ।

    साँझ साढे ५ भएको दुर्घटनामा पाटन नगरपालिका ७ कैलपाल माइत भएकी २० वर्षीया मनिषा विक र उनका श्रीमान् २४ वर्षीय प्रेम चुनारा, पाटन नगरपालिका १ सकारका १३ वर्षीय विनोद भट्टराई र सोही ठाउँकी ७२ वर्षीया रमा भट्टराईको मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले बताए ।

    उनीहरू चारै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ६ जना घाइते  भएका छन् । उनीहरूको पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । जिप चालक भने फरार रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।