• नाडाको मतदान सकियो, २ हजार ८ सय भोट खस्यो

  • {!! get_the_title() }}

    आर्थिक प्रेस, काठमाडौं ।

    नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको निर्वाचन सकिएको छ । बिहीबार बिहान ८ बजेदेखि सुरु भएको मतदान प्रक्रिया अपरान्ह सवा तीन बजे सकिएको हो । निर्वाचनमा कुल तीन हजार १०० मतमा २८ सय प्रतिनिधिहरूले मतदान गरेका छन् ।

    कुल भोटिङ सदस्य सङ्ख्या तीन हजार १८७ रहे पनि तीन हजार १०० जनाले भोटिङ कार्ड लिएको सो मध्ये पनि २ हजार ८०० जनाले मात्र भोट हालेका हुन् । बाँकी ३०० जना भोटिङ प्रक्रियामा नै सहभागी भएनन् । अध्यक्षका प्रत्यासी करण चौधरी र ध्रुव थापाको दुई प्यानलबाट कुल १८ पदका लागि ३६ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

  • आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।