• ग्लोबल आईएमई बैकका ग्राहकलाई डिजिटल बैंकिङ अनुशिक्षण

  • {!! get_the_title() }}

    आर्थिक प्रेस, उदयपुर ।

    ग्लोबल आईएमई बैक गाईघाट शाखाले आफना ग्राहकहरूलाई बितीय साक्षरता तथा डिजीटल बैंकिङसम्बन्धी अनुशिक्षण दिएका छन । बिहीबार होटल टाउन हलमा आयोजित अनुशिक्षणमा सहभागीहरूलाई मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, मिसकल बैंकिङ, संस्थागत बैकिङ कारोबारकाबारेमा जानकारी गराइएको हो ।

    ग्लोबल आईएमई बैकले आफ्नो ग्लोबल एप्सकोबारेमा जानकारी दिएको हो । डिजिटल कारोबार गर्दा के(के कुरामा ध्यान दिन पर्ने हो, के-के सुरक्षित राख्नु पर्दछ भनेर जानकारी गराएका थिए । मोबाइल बैंकिङ गर्दा कारोबार गर्ने ट्रान्जेसन कोड र खाता सुरक्षित राख्न आग्रह गरेको छ ।

    त्यसैगरी मोबाइल बैकिङ कारोबारबाट एक पटकमा एक लाख, दैनिक दुई लाख र मासिक १० लाख रुपैयाँसम्म मात्र कारोबार हुने जानकारी दिइएको छ । इन्टरनेट बैंकिङबाट एक पटकमा १० लाख, दैनिक २० लाख र महिनामा ५० लाखको कारोबार गर्न सकिनेछ ।

     

  • आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।