• टेलिकमको ब्रान्ड एम्बेसडरमा महजोडी

  • {!! get_the_title() }}

    आर्थिक प्रेस, काठमाडौं ।

    नेपाल टेलिकमले ब्रान्ड एम्बेसडरमा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य ९महजोडी० लाई नियुक्त गरेको छ । सोसम्बन्धी सम्झौता पत्रमा मंगलबार हस्ताक्षर भएको हो ।

    सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य र कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रालिका अध्यक्ष सरोज वलीले हस्ताक्षर गर्नुभयो ।

    सम्झौतापछि ब्राण्ड एम्बेसडरद्वयले नेपाल टेलिकमका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रबद्र्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरु गर्नुहुनेछ । हाल एक वर्षको लागि सम्झौता सम्पन्न भएको र भविष्यमा सम्झौता अवधि थप गर्न सकिने व्यवस्था रहेको छ ।

  • आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।