आर्थिक प्रेस, काठमाडौं ।
साताको तेस्रो कारोबारको दिन मगंलबार सेयर बजार (नेप्से) परिसूचक २.६६ अङ्कले घटेको छ । यस दिन कारोबारको अन्तिम समयसम्म नेप्से परिसूचक ०.११ प्रतिशतले घटेर २५१८.९९ बिन्दुमा आइपुगेको हो ।
सेन्सेटिभ इन्डेक्स समेत यस दिन ०.९१ अङ्कले घटेर ४७०.९८ बिन्दुमा पुगेको छ । कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ७ उपसमूहका सूचक घटेका छन् भने बाकीका बढेका छन् ।
मगंलबार २ सय ३० कम्पनीका २८ लाख २८ हजार ७ सय ८३ कित्ता सेयर ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार ६ सय ३२ रुपैयाँमा खरिदबिक्री भएको छ । यस दिन मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको सयेर मूल्य १० प्रतिशतले बढेको छ ।
आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।
तपाईंको टिप्पणी