• एचआइडिसिएले सहायक कम्पनीहरु रेमिट हाइड्रो, घुन्सा खोला र सिम्बुवा निर्माण गर्ने

  • {!! get_the_title() }}

    हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले दशौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले बिहीबार कम्पनीकोकार्यालय, हात्तीसार, काठमाण्डौमा  सभा गरेको हो। कम्पनीले सहायक कम्पनीहरु रेमिट हाइड्रो लिमिटेड मार्फत ७७.५ मेगावटको घुन्सा खोलाजलविद्युत आयोजना र सिम्बुवा रेमिट हाइड्रो लिमिटेड मार्फत ७०.३ मेगावटको सिम्बुवा खोला जलविद्युत आयोजना निर्माण गर्ने कार्य अघिबढाएको छ। उक्त दुवै आयोजनाहरुको विस्तृत अध्ययनको कार्य अन्तिम चरणमा रहेको छ। विद्युत खरिद विक्री सम्झौता सम्पन्न भए पश्चात सोआयोजनाहरूको निर्माणका लागि आवश्यक वित्तीय स्रोतको प्रवन्ध गरी निर्माण प्रकृया अघि बढाइने जनाएको छ।

    साधारण सभामा सञ्‍चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको कम्पनीको बार्षिक प्रतिवेदन सहितका विभिन्न प्रस्ताव पारित गरेको छ ।सभाले साधारण प्रस्ताव अन्तर्गत  आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ।त्यस्तै लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब र नगद प्रवाहविवरण सहितका वित्तीय विवरणहरु उपर छलफल गरी पारित गरेको छ। त्यस्तै महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम चार्टर्डएकाउन्टेन्ट सृष्टी कोइरालालाई आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ।

     

    सर्वसाधारण समूहका शेयरधनीहरुबाट प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित गरी भएको निर्वाचन प्रकृयाबाटअधिकतम मत प्राप्त गरी सुधीर ज्ञवाली सञ्‍चालक पदमा निर्वाचित भएका छन् ।

     

    विशेष प्रस्ताव अन्तर्गत सञ्‍चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई चुक्ता पूँजीको ८.००% (आठ प्रतिशत) का दरले हुने रू. १,४९,६०,००,०००|- (अक्षरेपी एक अर्ब उनान्पचास करोड साठी लाख मात्र) बराबरको बोनस शेयर र चुक्ता पूँजीको ०.४२१% (शून्य दशमलव चारदुइ एक प्रतिशत) का दरले हुने रू. ७,८७,३६,८४२.११ (अक्षरेपी सात करोड सतासी लाख छत्तीस हजार आठ सय बयालीस रुपैयाँ एघार पैसामात्र) नगद लाभांश (कर सहित) नेपाल सरकारको स्वीकृति लिएर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

     

    सभाले कम्पनीको प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ भने कम्पनीको प्रवन्धपत्र र नियमावलीको प्रस्तावितसंशोधनमा नियमनकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरूप आवश्यक समायोजन गर्न सञ्‍चालक समितिलाईअधिकार प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

     

    कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा कम्पनीबाट नेपाल सरकारद्वारा स्थापित “कोरोना भाइरस संक्रमणरोकथाम, नियन्त्रण तथा उपचार कोष” मा रु. ८ लाख र राष्ट्रिय आविष्कार केन्द्रलाई रु. २ लाख सहयोग रकम भुक्तानी भएकोमा सो कोअनुमोदन गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ।

    हालसम्म जलविद्युत क्षेत्रमा मात्र लगानी गर्ने यस कम्पनीको उद्देश्य रहेकोमा यस सभाबाट प्रवन्धपत्रमा संशोधन भई कम्पनीको उद्देश्य विस्तारगरी अन्य नवीकरणीय ऊर्जाका क्षेत्रमा समेत लगानी गर्न सक्ने गरी आफ्नो कार्यक्षेत्र विस्तार गरेको छ।

    कम्पनीको अधिकृत पूँजी ५० अर्ब रुपैयाँ, जारी पूँजी 22 अर्ब रुपैयाँ र हालको चुक्ता पूँजी १८ अर्ब ७० करोड रुपैयाँ रहेको छ। यस दशौं वार्षिकसाधारण सभाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको आठ प्रतिशत का दरले हुने रू. १,४९,६०,००,०००|- बराबरको बोनस शेयर वितरण गर्ने प्रस्तावपारित भएको हुँदा सो बोनस शेयर वितरण भए पश्चात कम्पनीको चुक्ता पूँजी २० अर्ब १९ करोड ६० लाख रुपैयाँ हुने छ।

    कम्पनीले आफ्नो उद्देश्य बमोजिम विभिन्न जलविद्युत आयोजनाहरु, प्रसारण कम्पनी एवं इन्जिनियरिङ्ग कम्पनीहरुमा ऋण तथा शेयर लगानीगरेको छ। कम्पनीबाट कुल ४४२.२ मेगावाट क्षमताका १२ वटा विभिन्न जलविद्युत आयोजनाहरुमा ६ अर्ब ९७ करोड रुपैयाँ ऋण लगानीकोप्रतिवद्धता भई २०७८ आश्‍विन मसान्तसम्ममा ४ अर्ब ९१ करोड रुपैयाँ ऋण प्रवाह भइसकेको छ। यसै गरी कम्पनीबाट नेपाल सरकार तथा नेपालविद्युत प्राधिकरणबाट प्रवर्द्धित जलविद्युतसँग सम्बन्धित विभिन्न ४ वटा कम्पनीहरुमा ९२.३ करोड रुपैयाँ  शेयर लगानी गर्ने प्रतिवद्धता गरी २०७८आश्‍विन मसान्तसम्ममा ३५ करोड ६६ लाख रुपैयाँ शेयर रकम भुक्तानी भइसकेको छ। कम्पनीबाट कुल ७६२.३ मेगावाट क्षमताका ६ वटाविभिन्न जलविद्युत आयोजनाहरुमा ६ अर्ब ७३ करोड रुपैयाँ शेयर लगानीको प्रतिवद्धता भई २०७८ आश्‍विन मसान्तसम्ममा १ अर्ब ५१ करोडरुपैयाँ शेयर रकम भुक्तानी भइसकेको छ।

     

     

  • आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।