• सामाजिक सुरक्षा भत्ता नपाएपछि ज्येष्ठ नागरिक धर्नामा

  • {!! get_the_title() }}

    आर्थिक प्रेस, सप्तरी ।

    सामाजिक सुरक्षा भत्ता नपाएपछि कञ्चनरूप नगरपालिकाका ज्येष्ठ नागरिकहरू नगरपालिका कार्यालयमा आइतवारदेखि धर्नामा बसेका छन्। वृद्धाभत्ता नपाएको भन्दै ज्येष्ठहरूले नगरपालिका कार्यालय नाराबाजी गरी धर्नामा बसेका हुन् ।

    प्रत्येक चार चार महिनामा पाउनुपर्ने भत्ता ६ महिना बितिसक्दा पनि नपाएको भन्दै कञ्चनरुप नगरपालिकाको १२ वटै वडाका ज्येष्ठ नागरिकहरू नगरपालिकाको कार्यालय धर्नामा बसेको स्थानीयले बताए। भत्ता नपाएसम्म घर नफर्किने ज्येष्ठ नागरिकहरूको भनाई छ ।

  • आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।