• रिद्धि सिद्धि सिमेन्टका सञ्चालक खरेलको निधन

  • {!! get_the_title() }}

    आर्थिक प्रेस,काठमाडौं ।

    रिद्धि सिद्धि सिमेन्टका सञ्चालक राजेश खरेलको निधन भएको छ । ४५ वर्षको उमेरमा यही फागुन ५ गते असामयिक निधन भएको हो ।

    खरेलले नेपाली बजारमा सिमेन्ट उद्योग क्षेत्रअन्तर्गत गुणस्तरीय उत्पादनमा जोड दिँदै आएका थिए । दीर्घकालिन सोच बोकेका सफल युवा उद्यमी खरेलको निधनले समग्र नेपाली सिमेन्ट उद्योगलाई नै अतुलनीय क्षती पुगेको रिद्धि सिद्धि सिमेन्टले बताएको छ । कर्मठ, निःस्वार्थ सञ्चालकलाई अल्पायूमै गुमाउनु पर्दा निकै मर्माहत भएको कम्पनीले जनाएको छ ।

    रिद्धि सिद्धि सिमेन्ट उद्योग वि.सं. २०७३ सालमा हेटौँडाको रातोमाटेमा स्थापना भएको शंकर ग्रुप र अम्बे ग्रुपको भेन्चर हो । स्थापनाको पाँच वर्षभित्रै सिमेन्टले उपभोक्ताको विस्वास जित्न सफल भएको कम्पनीले जनाएको छ ।

  • आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।