• २६ सयभन्दा तल ओर्लियो सेयर बजार,४ अर्ब ९८ करोड रुपैयाँको कारोबार

  • {!! get_the_title() }}

    काठमाडौँ — केही दिनसम्म तल्लो विन्दुका रुपमा २६ सय आसपासको अंकमा टेवा पाइरहेको सेयर बजार आइतबार भने झरेको छ । आइतबार बजारको परिसूचक नेप्से ४१ अंक झरेर २५७२ अंकमा कायम भएको छ । १६६ कम्पनीको मूल्य घट्यो भने २५ को बढ्यो, तीनको स्थिर रह्यो ।कारोबार रकम भने बढेको छ ।

    ४ अर्ब ९८ करोड रुपैयाँको कारोबार भयो । निर्जीवन बीमाबाहेकका सबै उपसमूह घटेका छन् । सो उपसमूह १३३ अंकले बढ्यो । कारोबार सुरु हुँदा १० मिनेटसम्म उच्च दरले बढेको जीवन बीमा उपसमूह त्यसपछि क्रमिक ओरालो लाग्दै अन्तिममा ९८ अंक घट्न पुग्यो । बीमा समूहको पुँजी वृद्धिलाई लिएर आइतबार यी दुई उपसमूहलाई महत्वका साथ हेरिएको थियो ।

    बैंकिङ २१, विकास बैंक १४५, फाइनान्स ६२, होटल तथा पर्यटन ६६, जलविद्युत ७६, उत्पादन १४५, लघुवित्त ३९, अन्य ९३ र व्यापार उपसमूह ५५ अंकले घटे । तीन कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेको छ । जीवन विकास लघुवित्त, इमर्जिङ नेपाल र राष्ट्रउत्थान लघुवित्तको मूल्य १० प्रतिशतले बढेको हो । सानिमा र जनरल इन्स्योरेनसको मूल्य ९.६ प्रतिशतले बढ्यो । कारोबार रकमका आधारमा अपी पावर, गुराँस लाइफ इन्स्योरेन्स, एभरेष्ट इन्स्योरेन्स, सूर्या लाइफ र प्रभु इन्स्योरेन्स संस्थापक समूह क्रमश अगाडि रहे ।

     

  • आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।