• साना किसान विकास लघुवित्त को खुद नाफा ८.९०% ले बढयो, प्रतिसेयर आम्दानी ४२ रुपैयाँ

  • {!! get_the_title() }}

    काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ८.९०% ले बढेर ५० करोड २५ लाख १७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ४६ करोड १४ लाख ६४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा बढेको हो ।
    चुक्ता पुँजीअनुसार खुद नाफा बढ्न नसक्दा प्रतिसेयर आम्दानी भने प्रभावित भएको छ । चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७६ पैसाले घटेर ४२ रुपैयाँ ८१ पैसामा सीमित भएको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ४९ रुपैयाँ ५७ पैसा थियो । प्रतिसेयर नेटवर्थ २५६ रुपैयाँ २६ पैसा छ ।
    खुद ब्याज आम्दानी ६.४८% ले बढेर ९६ करोड २८ लाख ४२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले ९० करोड ४२ लाख ४६ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो । सञ्चालन नाफा ८.५८% ले बढेर ७१ करोड ६९ लाख २० हजार रुपैयाँ पुगेको छ ।

     

  • आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।