• त्रिभुवन विमानस्थलेखि माइतीघरसम्म युटिलिटी करिडोर निर्माण गरिने

  • {!! get_the_title() }}

    काठमाडौं ।

    सरकारले त्रिभुवन विमानस्थलेखि माइतीघरसम्म युटिलिटी करिडोर निर्माण गर्ने भएको छ । आगमी वर्षको नीति तथा कार्यक्रममा शहरी विकास मन्त्रालय अन्तर्गत युटिलिटी करिडोर निर्माण हुने भएको हो ।

    मंगलबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले त्रिभुवन विमानस्थलेखि माइतीघरसम्म युटिलिटी करिडोर निर्माण गरिने घोषणा गरेकी हुन् ।

    मन्त्रालयले युटिलिटी करिडोरसम्बन्धी ऐन समेत निर्माण गर्दैछ । उक्त ऐन बनेपछि मात्र युटिलिटी करिडोरको काम शुरू हुने बुझिएको छ । यो करिडोर नेपालकै पहिलो युटिलिटी करिडोर हुनेछ ।

  • आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।