आईपीओ निष्कासन गर्दै सगरमाथा जलविद्युत कम्पनी

{!! get_the_title() }}

आर्थिक प्रेस, काठमाडौं ।

सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निस्कासन गर्ने भएको छ । इलाम नगरपालिकामा रहेको ९.६ मेगावाटको माथिल्लो माई जलविद्युत आयोजनाको विकासकर्ता सगरमाथा जलविद्युत कम्पनीले आयोजना प्रभावित, सर्वसाधारण, आफ्ना कर्मचारी र सामुहिक लगानी कोषसहितका लागि ५४ लाख ८८ हजार कित्ता आईपीओ निस्कासन गर्ने भएको हो ।

कम्पनीको कुल पुँजी १ अर्ब १२ करोड छ । जसमध्ये स्थानीयका लागि ११ लाख २० हजार कित्ता र सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि ४३ लाख ६८ हजार कित्ता गरी कुल ५४ लाख ८८ हजार कित्ता आईपीओ खुला गर्ने तयारी गरेको हो । आईपीओ निस्कासनका लागि कम्पनीले प्रभु क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।