आर्थिक प्रेस, काठमाडौं ।
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बागमती करिडोर अन्तर्गत गोकर्ण क्षेत्रमा निरीक्षण गर्नुभएको छ । बुधवार बिहान साढे ६ बजे नै निरीक्षणमा पुग्नुभएकी उहाँले आयोजनाको काम द्रुत गतिमा अघि बढाउन निर्देशन समेत दिनुभयो ।
आयोजनाको काम सन्तोषजनक नदेखिएको बताउँदै मन्त्री झाँक्रीले आयोजनाको काम समयमै सक्न पनि निर्देशन दिनुभयो । उक्त आयोजना अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले अघि बढाइरहेको छ ।
बागमती नदी सौन्दर्यीकरणमा मन्त्री झाँक्रीले यसअघि दिनुभएको निर्देशानुसार नै काम भइरहेको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले बताएको छ ।
आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।
तपाईंको टिप्पणी