सान्जेन हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने

{!! get_the_title() }}

आर्थिक प्रेस, रसुवा ।

सान्जेन हाइड्रोपावर कम्पनीले आयोजना प्रभावितका लागि आइपिओ निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले निष्कासन अनुमति दिएसँगै कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि आइपिओ बिक्री गर्न लागेको हो ।

जिल्लावासीका लागि सान्जेनले ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने छ । यसमा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गर्नेछ । विश्वव्यापी फैलिएको कोरोना भाइरस ९कोभिड–१९० को कारण लामो समयसम्म सेयर निष्कासन प्रक्रिया रोकिएको थियो ।

कम्पनीले रसुवाको आमाछोदिङ्मो–५, चिलिमेमा १४।८ मेगावाट क्षमताको माथिल्लो सान्जेन र ४२।५ मेगावाटको सान्जेन जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । स्थानीयका लागि नेपालमा पहिलो पटक चिलिमे हाइड्रोपावर कम्पनीले सेयर निष्कासन गरेको थियो ।

आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।