प्रकाशमान सिंहले गरे डक एण्ड डोरिस रेष्टुरेन्टको उद्घाटन

{!! get_the_title() }}

आर्थिक प्रेस, काठमाडौं ।

राजधानीको पुतलीसडकमा गोर्खा इको प्यानलको प्रयोग गरेर बनाइएको साहुकाजी छें (भवन)मा शुक्रबारदेखि डक एण्ड डोरिस नामक नयाँ रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको छ । रेष्टुरेन्टको उद्घाटन नेपाली कांग्रेस वरिष्ठ नेता एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंहले एक समारोहबीच गरे ।

काठमाडौं महानगरपालिका वडा नम्बर २९ पुतलीसडकस्थित साहुकाजी छें ९घर० मा रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो । सिंहदरबारको उत्तरपटीको पुतलीडकको किनारामा रहेको पहिलो तल्लाको साहुकाजी छेंमा रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको हो ।

रेष्टुरेन्टको भुईँ तल्लामा पुस्तक पसल रहेको छ । माथिल्लो तल्लामा गोर्खा इको प्यानलको काठमाडौं शाखा कार्यालय रहेको छ ।

डक एण्ड डोरिस रेस्टुरेन्ट प्रालिका प्रबन्धक नीरज मानन्धरले रेस्टुरेन्टमा बिहानको ब्रेकफास्ट, लन्च र डिनर आदि पाइने बताए । रेष्टुरेन्टको मुख्य विशेषताको रूपमा स्वस्थ अनि सस्तो सेवा रहेको उनी बताउँछन् ।

आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।