मेरो सेयर एप अब आईओएसमा पनि

{!! get_the_title() }}

आर्थिक प्रेस, काठमाडौं ।

केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)ले सञ्चालनमा ल्याएको मेरो सेयर एप अब आईओएसमा पनि उपलब्ध हुने भएको छ ।

सिडिएससीले आउने नयाँ आर्थिक वर्षबाट एप्पलका प्रयोगकर्ताले पनि डाउनलोड गर्न मिल्ने गरी आईओएसमार्फत उक्त एप उपलब्ध गराउने बताएको छ ।

यसअघि नै सिडिएससीले एन्ड्रोइड मोबाइल प्रयोगकर्ताका लागि उक्त एप सञ्चालनमा ल्याएको थियो । तर एप्पलका प्रयोगकर्ताले भने उक्त एप डाउनलोड गर्नबाट वञ्चित हुँदै आएका थिए । त्यसलाई मध्यनजर गर्दै सिडिएससीले एप्पलका प्रयोगकर्ताका लागि पनि उक्त एप उपलब्ध गराउन लागेको जनाएको छ ।

आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।