अमेरिका र चीन सहकार्य गर्न इच्छुक

{!! get_the_title() }}

एजेन्सी, वाली ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र चिनियाँ विदेशमन्त्री वाङ यीले सँगसँगै काम गर्ने आशा व्यक्त गरेका छन् । शनिबार इन्डोनेसियामा आयोजित एउटा दुर्लभ वार्तापछि दुबै देशका विदेशमन्त्रीले यस्तो आशा व्यक्त गरेका हुन् ।

दुवै नेताले पुनः वार्ता गर्न आफूहरु उत्सुक रहेको बताएका छन् । ‘ हामी सृजनशिल र रचनात्मक वार्तालापको लागि धेरै उत्सुक छौं’, अमेरिकी विदेशमन्त्री ब्लिन्केनले भने ।

उक्त अवसरमा विदेशमन्त्री वाङले राष्ट्रपति चीनका राष्ट्रपति सी जिनपिङले विश्वका दुई ठूला आर्थिक शक्तिहरूबीचको सहकार्य र आपसी सम्मानमा विश्वास गरेको बताएका थिए ।

‘चीन र अमेरिका दुई ठूला देश हुन् । तसर्थ, दुई देशले सामान्य आदानप्रदान कायम गर्न आवश्यक छ’ विदेशमन्त्री वाङले भने ।

आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।