ग्लोबल आईएमई बैंकद्वारा दिक्तेल क्याम्पसलाई कम्प्युटर प्रदान

{!! get_the_title() }}

आर्थिक प्रेस, खोटाङ ।

ग्लोबल आईएमई बैंक शाखा कार्यालय खोटाङले दिक्तेल बहुमुखी क्याम्पसलाई कम्प्युटर प्रदान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले आइतबार क्याम्पसलाई पाँच थान कम्प्युटर प्रदान गरेको हो ।

बैंकका शाखा प्रवन्धक प्रकाश रेग्मीले क्याम्पस प्रमुख हिराकुमार राईलाई कम्प्युटर प्रदान गरेको बैंकका कर्जा सहायक युवराज खत्रीले जानकारी दिए ।

ग्लोबल आईएमई बैंकले २२ साउन २०७६ देखि दिक्तेलमा कारोबार सुरु गरेको हो । बैंकले जिल्लाका विभिन्न स्थानमा शाखारहित बैंकिङ सेवा विस्तार गरिसकेको छ ।

आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।