१७ तस्बिरमा हेर्नुहोस् शहरी विकास मन्त्रालयको वार्षिक समीक्षा गोष्ठी

{!! get_the_title() }}

आर्थिक प्रेस, काठमाडौं ।

शहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०७८र७९ को समीक्षा तथा आगामी वर्षको कार्यक्रम कार्यान्वयनबारे गोष्ठी गरिरहेको छ । काठमाडौंको चन्द्रगिरीमा जारी ३ दिने वार्षिक समीक्षा गोष्ठीमा मन्त्रालय मातहतका विभिन्न विभाग तथा कार्यालययहरुले वार्षिक कार्य प्रगति विवरण प्रस्तुत गरिरहेका छन् ।

मन्त्रालयका उच्च अधिकारीहरु समेतको सहभागितामा चलिरहको समीक्षा गोष्ठीको बुधबार शहरी विकास मन्त्री मेटमणि चौधरीले उद्घाटन गरेका थिए ।

कार्यक्रममा बोल्दै मन्त्री चौधरीले मन्त्रालयको कार्यप्रगति बढाउन उच्च मनोबलका साथ अघि बढ्न कर्मचारीहरुलाई निर्देशन दिए। उनले देश निर्माणमा कर्मचारीको अहम् भूमिका रहने बताउँदै अनुशासित भएर काममा खटिन पनि उनले आग्रह गरे ।

आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।