श्रीलंकामा शुक्रबार पुनः सरकारी कार्यालय खुल्ने

{!! get_the_title() }}

एजन्सी ।

कोलम्बो–श्रीलंकाका सरकारी कार्यालयहरू शुक्रबार पुनः खुला हुने भएका छन् । शुक्रबार पनि बिदा दिने यसअघिको निर्णय मन्त्रिपरिषद्ले मंगलबार रद्द गरेको थियो । श्रीलंकामा इन्धन अभावका कारण सरकारी कार्यालयको समयावधि छोट्याइएको थियो ।

सार्वजनिक यातायात सेवा सामान्य अवस्थामा फर्किएकाले शुक्रबार पनि कार्यालय सञ्चालन गर्ने निर्णय गरिएको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुनावार्डेनाले जानकारी दिए । श्रीलंकामा आर्थिक संकटपछि इन्धन खरिद हुन नसक्दा देशभर इन्धन अभाव भएको थियो । इन्धन र आर्थिक सङ्कटका कारण राजनीतिक संकट पनि उत्पन्न भएको छ ।

आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।