नयाँ ब्रोकरको लाईसेन्स लिन आइतबारसम्म ३९ वटा कम्पनीको आवेदन दर्ता 

{!! get_the_title() }}

काठमाडौं । आइतबार असोज ३० गतेसम्म नेपाल स्टक एक्सचेन्जमा ३९ वटा कम्पनीले ब्रोकर लाइसेन्सका लागि निवेदन दिएका छन् ।

निवेदन दिएका मध्ये ३२ वटा कम्पनीलाई नेप्सेले कारोबार गर्ने अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा नाम सिफारिस गरेको छ ।

नेप्सेले शुक्रबारसम्म आवेदन दिएका कम्पनीहरुलाई लाइसेन्सको लागि आवेदन दिएको हो । आइतबार मात्रै ७ कम्पनीले नयाँ ब्रोकरको लागि आवेदन दिएका छन् ।

नयाँ ब्रोकर लाइसेन्सको लागि आवेदन दिने अधिकांश कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँको सीमामा रहेको नेप्सेले जनाएको छ ।

नयाँ ब्रोकर लाइसेन्स ३ किसिमका हुनेछन् । पुँजी संरचनाका आधारमा फरकफरक सेवा प्रदान गर्ने गरी बोर्डले ३ किसिमको ब्रोकर लाइसेन्स वितरण गर्न लागेको हो ।

बोर्डले तोकेको पुँजी संरचना अनुसार सीमित दायराको पहिलो तहको ब्रोकरका लागि २० करोड रुपैयाँ निर्धारण गरेको छ ।

यसले सेयर खरीदबिक्री गर्नेसँगै डीपीको रुपमा काम गर्ने पाउँनेछ । त्यस्तै, मार्जिन कारोबार सेवासमेत दिने पूर्ण दायरा सहितको दोस्रो तहको ब्रोकरको चुक्तापुँजी ६० रुपैयाँ करोड र तेस्रो तह स्टक डिलरका लागि १ अर्ब ५० करोड रुपैयाँ चुक्तापुँजी हुनुपर्नेछ ।

आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।