घलेम्दी हाइड्रोको घाटा रु. ३.२७ करोड

{!! get_the_title() }}

काठमाण्डौ ।

हाइड्रो लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ३ करोड २७ लाख रुपैयाँ खुद घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड १५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

यो अवधिमा कम्पनीको विद्युत बिक्रीको आम्दानी पनि ८.४७ प्रतिशतले घटेको छ। गत वर्ष यही अवधिमा विद्युत बिक्रीबाट १ करोड ८० लाख रुपैयाँ आम्दानी गरेकोमा समीक्षा अवधिमा घटेर १ करोड ६५ लाख रुपैयाँमा झरेको छ।

चुक्तापुँजी ५५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भ ७ करोड ६६ लाख रुपैयाँले ऋणात्मक रहेको छ। गत वर्ष पनि यही अवधिमा रिजर्भ ६ करोड ७४ लाख रुपैयाँले ऋणात्मक थियो।वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) पनि ५.९५ रुपैयाँले ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ८६.०६ रुपैयाँ रहेको छ।

 

आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।