पाँचथर पावरको वार्षिकीकृत प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ७६ पैसा, रिजर्भमा २५०%को छलाङ

{!! get_the_title() }}

काठमाडौं : पाँचथर पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म कम्पनी ८ करोड ६० लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत वर्ष कम्पनीले १० करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्षको तुलनामा नाफा भने १६.५६ % ले घटेको हो ।
  कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १६ करोड २७ लाख रुपैयाँबाट घटेर १५ करोड ७३ लाख रुपैयाँमा झरेको छ । जसले गर्दा नाफामा असर परेको हो । हाल यसको चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ ।
     यस्तै, रिजर्भको आकार झन्डै २५० प्रतिशतले बढेर २० करोड २९ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा रिजर्भमा ५ करोड ८० लाख रुपैयाँ रहेको छ।  वार्षिकीकृत प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ७६ पैसा छ भने प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ४६ पैसा रहेको छ ।

आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।