कामना सेवा विकास बैंकका सिइओ बस्नेतसहित ४ जना पक्राउ

{!! get_the_title() }}

आर्थिक प्रेस, काठमाडौं । 

 कामना सेवा विकास बैंकका सिइओसहित ४ जना पक्राउ परेका छन् । झापाको दमकस्थित बैंकको शाखामा कम धितो राखी बढी ऋण प्रवाह गरेको आरोपमा उनीहरूलाई पक्राउ परेका प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा बैंकका सिइओ प्रवीण बस्नेत छन् ।  भने, उनीसँगै हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारीसमेत पक्राउ परेका छन् । हरेन्द्र दाहाल र चन्द्रबहादुर थापा ऋणी हुन्। उनीहरूलाई विभिन्न समयमा पक्राउ गरेको प्रहरीले उल्लेख गरेको छ ।

उनीहरूमाथि हाल ले जिल्ला अदालत झापाबाट म्याद थप गरी बैंकिङ कसुर मुद्दामा अनुसन्धान  भइरहेको प्रहरीले जनाएको छ ।  यसरी धितो कम राखेर ऋण प्रवाह गर्दा ४ देखि ५ करोडसम्म बैंकलाई घाटा हुन आएको बैंकले बताएको छ ।

आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।