युवामा स्मार्ट वाचको फेशन

{!! get_the_title() }}

आर्थिक प्रेस, काठमाडौं ।

आधुनिक जीवनमा ग्याजेट प्रयोग एक थरीका लागि वरदान साबित भएको छ । पछिल्लो समय युवा पुस्ताले स्मार्ट वाच अर्थात् स्मार्ट घडी फेसनका रूपमा लिन थालेका छन् ।

ग्याजेटको उचित प्रयोगले संसारभरको सूचना प्राप्त गर्न सकिन्छ, विश्वस्थितिबारे जानकारी लिनुका साथै फुर्सदको समय कटाउन सकिन्छ । स्मार्ट घडीको सहायताले आफ्नो स्वास्थ्य अवस्थाबारे थाहा पाउन सकिन्छ ।

आशिष पौडेलले आफ्नो स्वास्थ्य अवस्थाका लागि स्मार्ट वाच लगाउन थालेको तीन महिना
भएको बताए । “यो एकदमै सजिलो र किफायती छ । यसले ब्लडप्रेसर, अक्सिजन लेबल, पल्स रेट वर्कआउट रेकर्ड मनिटरिङ गर्ने मद्दत गरेको छ,” उनले भने, “यो स्मार्ट वाचभन्दा पनि फिटवाच हो ।

यसले मेरो स्वास्थ्य राम्रो बनाउन धेरै मद्दत गरेको छ।ू ट्रिनिटी कलेजमा अध्ययनरत सफल लिम्बूको धेरैजसो समय ग्याजेटसँग बित्छ । उनको मोबाइल र स्मार्ट वाच सबैभन्दा प्रिय चीज हुन् ।

स्मार्ट वाच भएपछि सबै काम घडीबाटै हुने उनी बताउँछन् । उपभोक्ताको रुचि र आवश्यकता ध्यानमा राख्दै विभिन्न ब्रान्डका स्मार्ट वाच बजारमा आएका छन् ।

त्यसबाहेक विदेशमा नेपालीको बढ्दो उपस्थितिका कारण पनि सहरका कलेजमा पढ्दै गरेका नयाँ पुस्ताका युवकयुवतीको ग्याजेट पहुँच बढ्दै गएको छ । अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, जापानमा बस्ने आफन्तलाई आफ्नो ग्याजेट अभिरुचि पूरा गर्न उनीहरू फर्माइस गर्छन् ।

युवा मात्र होइन, राम्रो आय भएका वस्यक र अधबैंशेहरू पनि स्मार्ट वाचबाट आफ्नो स्वास्थ्यको सामान्य ज्ञान हासिल गर्ने मात्र होइन, दैनिक व्यायामको रेकर्ड राख्ने अनि आधुनिक प्रविधिसँग नजिकिने विविधि कार्य गर्न तल्लीन हुन थालेकाले त्यसको फेसन बढ्दो छ।

स्मार्ट वाच प्रयोग त गर्ने तर कस्तो ? धेरैलाई कस्तो स्मार्ट वाच किन्ने भन्नेमा अन्योल हुन सक्छ । नयाँ स्मार्ट वाच किन्नुअघि विचार पुऱ्याउनुपर्ने केही कुरा ध्यानमा राख्दा पछुताउनु पर्दैन ।

सुविधा : स्वास्थ्य फिटनेससँग सम्बन्धित धेरै सुविधा भएको स्मार्ट वाच किन्नु उपयुक्त हुन्छ । स्मार्ट वाचमा दौडने, पौडी खेल्ने र मुटुको गति नाप्न मोनिटरजस्ता सुविधाबाहेक अक्सिजन मोनिटरिङ सुविधासमेत भएको लिँदा उत्तम हुन्छ ।

डिस्प्ले : स्मार्ट घडी किन्नुअघि यसले कुन अपरेटिङ सिस्टममा काम गर्छ भनी सुनिश्चित गर्नुहोस्। धेरैजसो स्मार्ट वाचले एन्ड्रोइड र आईओएसको संस्करणलाई सपोर्ट गर्छन् । यस्तो अवस्थामा स्मार्ट वाच किन्नुअघि तपाईंसँग कुन फोन छ भन्ने कुरामा ध्यान दिनुपर्छ ।

अपरेटिङ सिस्टम : कम लागतको स्मार्ट घडीमा सामान्य डिस्प्ले मात्र हुन्छ। जब कि एप्पल र सामसुङजस्ता ब्रान्डमा ओएलईडी डिस्प्ले हुन्छ। यदि तपाईं बजेट श्रेणीको स्मार्ट वाच किन्न जाँदै हुनुहुन्छ भने पनि एमोलेड डिस्प्ले भएको स्मार्ट वाच मात्र खोज्नुहोस् किनभने यस्ता डिस्प्ले भएका स्मार्ट वाच प्रयोग घाममा पनि सहजै गर्न सकिन्छ ।

ब्याट्री व्याकअप : कम्तीमा एक हप्ताको ब्याट्री लाइफ भएको स्मार्ट वाच छनोट गर्नु राम्रो हुन्छ । यस्ता स्मार्ट वाच अहिले बजारमा पाँच हजार रुपियाँदेखि नै पाउन सकिन्छ ।

आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।