स्थायी बन्ध्याकरण गर्ने बढे

{!! get_the_title() }}

आर्थिक प्रेस, काठमाडौं ।

डोटीमा स्थायी बन्ध्याकरण गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले डोटीका सबै पालिकामा स्थायी बन्ध्याकरण शिविर सञ्चालन गरेको थियो । स्थायी बन्ध्याकरण गर्नेमा महिलाको सङ्ख्या बढी रहेको छ ।

पुसदेखि सञ्चालन गरेको शिविरमा एक सय जना महिला र ३६ जना पुरुषले स्थायी बन्ध्याकरण गरेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयले २०७८/७९ मा दुई सय जनाको बन्ध्याकरण गर्ने लक्ष्य लिएकोमा ७६ जनाले मात्र सेवा लिएका थिए ।

चालू आर्थिक वर्षमा जिल्लाका आठवटा पालिकामा सञ्चालन गरिएको शिविरमा १३६ जनाले सेवा लिएको स्वास्थ्य कार्यालय डोटीका प्रमुख डिल्लीरमण जोशीले जानकारी दिनुभयो ।स्वास्थ्य कार्यालयका अनुसार बोगटान फुड्सिल गाउँपालिकामा सबैभन्दा बढी ३४ जनाले स्थायी बन्ध्याकरणको सेवा लिएका थिए ।

आदर्श गाउँपालिकाका ३२ जना, पूर्वीचौकी गाउँपालिकाका २४ जना, दिपायल सिलगढी नगरपालिकाका १८ जना, केआईसिंह गाउँपालिकाका ११ जना, बडीकेदार गाउँपालिकाका ११ जना, शिखर नगरपालिकाका तीन जना र जोरायल गाउँपालिकाका तीन जनाले स्थायी बन्ध्याकरणको सेवा लिएका थिए ।

स्वास्थ्य कार्यालयका प्रमुख जोशीका अनुसार बन्ध्याकरण गर्ने १३६ जनामध्ये एक सय जनाले मिनील्याप र ३६ जनाले भ्यासेक्टोमी सेवा लिएका हुन् । सन्तानको रहर पुगेका महिला/पुरुषले शिविरमार्फत बध्याकरण सेवा लिँदै आएका छन् ।

आर्थिक प्रेसमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई aarthikpress@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो <*युटुब च्यानल पनि हेर्नु होला।